२१ दिन भित्रै शिक्षकको बिज्ञापन संख्या हेरफेर हुने, अस्पष्ट बिषय क्लियर पार्न जारी भयो यस्तो सुचना

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

१७ हजारभन्दा बढी शिक्षकको विज्ञापन खुल्दा पनि देशभर ५३ हजार १५८ शिक्षकको दरबन्दी अभाव छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।

केन्द्रले यसअघि शिक्षक सेवा आयोगलाई पठाएको विवरणअनुसार चैतसम्म हुने रिक्त शिक्षक दरबन्दीमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरिसकेको छ। आयोगले प्राथमिक तहका लागि १३ हजार ९३, निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरेको हो। यो बिज्ञापनमा १२ दिन भित्र संख्या थप्न सकिने आयोगले यस अघिनै प्रष्ट पारेको छ।

यता, शिक्षक सेवा आयोगले आयोगले माध्यमिक र निम्न माध्यमित तह तृतीय क्षेणीको शिक्षक पदका लागि खुलाएकाे विज्ञापनअन्तर्गत संस्कृत तर्फका विषयमा दरखास्त दिन आवेदकहरू अस्पष्ट रहेको गुनासो आएपछि आयोगले सोमबार सूचना जारी स्पष्ट पारेको छ।