नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
मंगलबार नेपाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । नेपालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै भेला तथा बैठक जनस्वास्थ्यका मापदण्ड पालना गरेर आयोजना गर्न निर्देशन दिएका थिए । नेपालको स्वास्थ्य स्थिति सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।