अघि-अघि राष्ट्रपति, पछि-पछि पूर्वराजा ज्ञानेन्द्र

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । सिंहदरबार मुलगेटअघि रहेको शाहकाे सालिकमा पुगेर उनले माल्यार्पण गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार पुगेका थिए ।

त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतन्त्र विरोधी नारा लगाएका थिए । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सिंहदरवारस्थित पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति फर्केकाे केहीबेरपछि पूर्वराजा ज्ञानेन्द्र पुगेका थिए ।