दशकपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्रले मंगलबार ३०० औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन्।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त मानिन्छ।

शाहवंशीय राजा पृथ्वीनारायण शाले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए। आधुनिक नेपालको राष्ट्रनिर्माताका रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।