नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ३३ पैसा र बिक्री दर १२८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १ पैसा र बिक्री दर ८५ रुपैयाँ ५३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५४ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर ३१ रुपैयाँ ६४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।