एसियन लाइफले लाभांश स्वीकृत गर्यो, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ पुष २६, सोमबार
  • chhanbin.com

एसियन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितले एशियनले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो ।

एसियनले आव २०७६/७७ को नाफाबाट २५५ बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।समितिबाट लाभांश प्रस्ताव पारित भएसँगै अब कम्पनीलाई उक्त प्रस्ताव वार्षिक साधारण सभामा लैजाने छ । सभाबाट परित भएपछि मात्र सेयरधनीले पाउने छन् ।

हाल २ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।