चम्किएका कमल थापाले ‘राष्ट्रिय एकता अभियान’ किन गरे स्थगन ?

  • प्रकाशित मिति : २०७८ पुष २५, आईतवार
  • chhanbin.com

राप्रपाका नेता कमल थापाले पुस २७ देखि सुरु गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगन भएको छ । देशमा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय एकता यात्रा स्थगन गरिएको थापाले जनाएका छन् । राप्रपा नेता थापाले पदाधिकारी र सदस्यको सुझाव र कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण अभियान रोक्न लागिएको जानकारी दिए ।

‘पौष २७ शुरु गर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारणसमेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले भनेका छन् ।