आठ महिनापछि ५० हजार शिक्षकको बिज्ञापन हुने, कुन तहमा कति छ खाली ?

  • प्रकाशित मिति : २०७८ पुष २५, आईतवार
  • chhanbin.com

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।

केन्द्रले यसअघि शिक्षक सेवा आयोगलाई पठाएको विवरणअनुसार चैतसम्म हुने रिक्त शिक्षक दरबन्दीमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरिसकेको छ। आयोगले प्राथमिक तहका लागि १३ हजार ९३, निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरेको हो। यो बिज्ञापनको परिक्षा सकिए लगत्तै पचार हजार शिक्षाको बिज्ञापन गर्ने आयोगको तयारी छ। यो सबै हुन चानचुन आठ महिना समय लाग्छ।