यो वर्षको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिता यही पुस २६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ। पुरुषतर्फको वार्षिक प्रतियोगिता यो वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले १० दिनमा सम्पन्न गर्ने भएको छ। माघ ५ गते सकिने प्रतियोगिताको लागि सबै प्रादेशिक समितिले आफ्नो टिमको घोषणा गरेका छन्।
त्यस्तै, प्रतियोगिताको सहभागी विभागीय टिमले पनि खेलाडी घोषणा गरिसकेका छन्। यसअघिका संस्करणहरुमा एकदिसीय प्रतियोगिता हुँदै आएको प्रधामन्त्री कप यो वर्ष भने टी२० शैलीमा हुन लागेको हो। नेपालले यो प्रतियोगितापछि टी२० को ग्लोबल क्वालिफायरमा सहभागी हुने भएका कारण प्रतियोगिताको शैली परिवर्तनका लागि क्यानले राखेपसँग अनुमति मागेको थियो।
प्रतियोगिताको दुई दिन अघि आज आइतबार सबै सहभागीहरुले टिमको घोषणा गरिसकेका छन्। यसअघि आर्मीबाट खेलेका करण केसीले भने यो संस्करण नेपाल पुलिसबाट खेल्ने भएका छन्। अहिले राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा रहेका खेलाडी भने बन्द प्रशिक्षणमा छन्। बन्द प्रशिक्षणबाट प्रशिक्षक पुबुदु दाशानायकेले पीएम कपका लागि खेलाडी रिलिज गर्नेछन्।
प्रतियोगिताका दौरान राष्ट्रिय टिमका खेलाडी हेरफेर पनि हुन सक्नेछ भने केही दिनको प्रशिक्षणपछि प्रशिक्षकले खेलाडी घटाउँदै लानेछन्।
त्रिभुवन आर्मी क्लब
विनोद भण्डारी (कप्तान), रोहित कुमार पौडेल, अनिल मण्डल, विक्रम सोब, हरि चौहान, भिम सार्की, सुशन भारी, राजु रिजाल, राजेश पुलामी, जितेन्द्र मुखिया, साहब आलम, राजेश पुलामी, आकाश चन्द, हरिकृष्ण झा र लोकेश बम
प्रशिक्षकः चन्द्र साउद
व्यवस्थापकः राजिव चन्द
एपीएफ क्लब
शरद भेषावकर (कप्तान), कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, लोकेश बम, किशोर महतो, रित गौतम, भुवन कार्की, दीपक बोहरा, अमरसिंह राउटेला, पुरण वि.क, सुमित महर्जन, आशिफ शेख (विकेटकिपर) र प्रदीप ऐरी (विकेटकिपर)
प्रशिक्षकः राजेश श्रेष्ठ
व्यवस्थापकः अमित मल्ल
नेपाल पुलिस क्लब
करण केसी, गुलशन झा, अनिल शाह, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, आरिफ शेख, पवन सरार्फ, सागर ढकाल, दीपेन्द्रसिंह ऐरी, शंकर राना, राशिद खान, दीलिप नाथ, मञ्जित श्रेष्ठ र अमित श्रेष्ठ
प्रशिक्षक– मनोज कटुवाल
व्यवस्थापक– चित्र विष्ट
प्रदेश १
सिद्धान्त लोहनी (कप्तान), अंकित सुवेदी (उपकप्तान), मिनास थापा, शाकिब हक, मनोज तामाङ, सुमन श्रेष्ठ (विकेटकिपर), मुकुन्द यादव, विधान गोस्वामी, सोनु अन्सारी, श्रेवण यादव, दीपेश कँडेल, फिर्दोस अन्सारी, कमल खत्री र विवेक मेहता
प्रशिक्षकः लाक्पा लामा
व्यवस्थापकः अजय राजवंशी
प्रदेश २
असिम अन्सारी (कप्तान), विवेक यादव (उपकप्तान) हरी कृष्ण झा, राहुल प्रताप सिंह, पार्थिक यादव, हरिशंकर साह, महेबुब आलम, जितेन्द्र यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदिल आलम, विशाल सुस्लिङ र सुरज पटेल
बागमती प्रदेश
ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, नन्दन यादव, आदिल खान, लकी कठायत, प्रतिश जिसी, इशान पाण्डे, राम नरेश गिरी, तिलक राजभण्डारी, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य, सुवास खत्री, आशुतोष गवारिया, रोशन विके, सुजन चापागाईं, सुमन सुनार र विवेक राना मगर
गण्डकी प्रदेश
विपिन खत्री (कप्तान), विशाल पौडेल (उपकप्तान), अर्जुन कुमाल, अभिषेक बस्नेत, कमल परियार, सुभास भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल, अनिल गुरुङ, गोविन्द वि.क, सन्दीप खत्री क्षेत्री, चन्द्रकान्त पौडेल, विधान श्रेष्ठ (विकेटकिपर) र दीपक डुम्रे (विकेटकिपर),
प्रशिक्षकः रिजन प्रजु
व्यवस्थापकः चन्द्र कुमार गुरुङ
लुम्बिनी प्रदेश
कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), विक्रम भुषाल, मोहन खत्री, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुलबहादुर थापा, सन्दीप रजाली, देव खनाल, बसिर अहमद, सिद्धान्त राज शाही, विशाल विक्रम केसी र दीपेन्द्र रावत
प्रशिक्षकः दीपेन्द्र प्रताप सिंह
व्यवस्थापकः नासिर अन्सारी
कर्णाली प्रदेश
रविन्द्रजंग शाही (कप्तान), निश्चल रावल (उपकप्तान), दिवान पुन, अनुज चनारा, प्रकाश जैशी, हिमान्शु शाही, दीनेश अधिकारी, अर्जुन घर्ती, राज कुमार शाह, विपिन रावल, हेमन्त ओली, मनिश थापा, अनुप कुँवर र रुपक ढकाल
टिम म्यानेजरः रोशन शाही
प्रशिक्षकः विरेन्द्र शाही
सुदूरपश्चिम प्रदेश
सन्तोष भट्ट (कप्तान), शेर मल्ल (उपकप्तान), हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, , खडक बहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेटकिपर), दीपक टमटा र कैलाश ऐर
प्रशिक्षकः खेमराज भट्ट
व्यवस्थापकः लक्ष्मण दत्त भट्ट
यस्तो छ पीएम कपको तालिका
पीएम कपको समूह ए मा आर्मी, कर्णाली, नेपाल पुलिस, सुदूरपश्चिम र प्रदेश नम्बर १ रहेका छन्। त्यस्तै समूह बीमा एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन्।
भोलि सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान हुने खेलमा कर्णाली प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। त्यस्तै सोहि मैदानमा हुने अर्को खेलमा भने एपीएफ क्लब र पुलिस क्लबको सामना गर्नेछ।
त्यस्तै पहिलो दिन मूलपानी मैदानमा पनि दुई खेल हुँदैछन्। त्यहाँ पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ भने बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्नेछ।