माओवादी नेतालाई मात्र किन कोरोनाले गर्यो हमला ?

  • प्रकाशित मिति : २०७८ पुष २४, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सहभागी धेरै जसोलाई कोरोना संक्रमण देखिएपछि माओवादी केन्द्रले भेटघाट र सार्वजनिक कार्यक्रम सबै रद्द गरिएको छ ।

बिहिबार केन्द्रीय कार्यलयका अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा पनि कोरोना संक्रमण देखिएको छ ।

साथै, केन्द्रीय कार्यलयका लेखा प्रमुख, सचिव, सुरक्षाकर्मी, क्यान्टिनमा कार्यरत कर्मचारीलगायत धेरैलाई संक्रमण पुष्टि भएको कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।