प्रधानमन्त्री देउवाले ओली संग मागे साथ, जवाफमा ओलीले माधव-प्रचण्डको हुत्याउन भने हात

  • प्रकाशित मिति : २०७८ पुष २४, शनिबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्। ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाएर सहयोग गर्न आग्रह गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो।

प्रमुख प्रतिपक्षीको निरन्तरको संसद् अवरोधपछि देउवाले ओलीलाई भेटेर नै अवरोध नगर्न आग्रह गरेका हुन्। प्रधानमन्त्रीले देउवाले ओलीलाई संसदमा विचाराधीन अमेरिकी परियोजना एमसिसी सम्झौता अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको बताइएको छ। प्रचण्ड र माधव संगको सहकार्य तोड्न देउवा राजी हुने भए जे पनि मान्न तयार हुने ओलीको भनाई थियो।