आयल निगममा तीन बर्ष बिताएर सुरेन्द्र घर गए, निगमको तालाचाबी सुशीलले लिए

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नियुक्त भएको तीन वर्षपछि कार्यकाल सकिएको छ। २०७५ पुस २३ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका उनको कार्यकाल शुक्रबारदेखि सकिएको हो।

पौडेलको कार्यकाल सकिएसँगै निगम निमित्तको भरमा चल्ने भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि निगमको नेतृत्व निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले लिने छन्। यसअघि निगमको नेतृत्वमा पौडेल आउनु अघि पनि भट्टराईले नै निमित्त भएर निगम सञ्चालन चलेको थियो।

शुक्रबार आफ्नो कार्यकाल सकिएसँगै पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको प्रक्रिया दिए । ‘कुनै ठूलो विवादमा परिएन। मेरो यो तीन वर्षको बीचमा केही महत्वपूर्ण कामहरु सफलतापूर्वक सम्पन्न भएका छन् र केही कामहरु सुरु भएका छन्,’ उनले भने। फेसबुकमा स्टाटस लेख्दै उनले तीन वर्षे कार्यकाल निगम र उपभोक्ताको हितमा काम गर्नमा केन्द्रित रहेको उल्लेख गरेका छन्।