एसियन हाइड्रोपावर आईपीओ निष्कासन गर्दै, कति कित्ता हुँदैछ निष्काशन ?

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

एसियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमतिका लागि निवेदन दिएको छ ।

निवेदनमा ११ करोड ८० लाख रुपैयाँबराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने उल्लेख छ । ठूलो मात्रामा निष्कासन गर्ने अनुमति पर्खिएको कम्पनीले सुरुमा आयोजना प्रभावित, स्थानीय र त्यसपछि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्नेछ ।

कम्पनीले यो आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।