नेपाली सेनाका २१ कर्मचारीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

राष्ट्रसंघीय शान्ति मिसनको क्रममा दक्षिण सुडानबाट फर्किएका नेपाली सेनाका २१ कर्मचारीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा नेपालमा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो । एक सातायता नेपालमा पनि संक्रमितको सख्या ह्वात्तै बढ्न थालेको छ । छिमेकी देश भारतमा एक सातामा संक्रमितको संख्या पाँच सय गुणाले बृद्धि भएको छ । जसअनुसार नेपालमा पनि यसको जोखिम बढेको छ । ओमिक्रोन छिट्टै फैलिने भएकाले यसले जोखिम बढाएको हो ।