सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल आजदेखि सुरु

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग ०७८ को आठौं चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । त्यस अन्तर्गत सुरुआती दुई खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा संकटाले सातदोबाटोको सामना गर्नेछ ।

अहिलेसम्म अपराजित संकटा तेस्रो स्थानमा छ । उसको सात खेलबाट १३ अंक छ । उपाधिको होडमा रहन संकटाले सातदोबाटोलाई हराउनु पर्नेछ । सातदोबाटो आठ अंकमा आठौं स्थानमा छ । दोस्रो खेलमा एपीएफ र जवलाखेल भिड्ने छन् । एपीएफ सात खेलबाट छ अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल भने सात खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।