यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्री दर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७२ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १३ पैसा र बिक्री दर ८५ रुपैयाँ ५६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ४९ पैसा छ।

जापानी येन १० को खरिद दर १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।