राधाकृष्ण मन्दिरनजिकै बौद्धमा कोठाभित्र युवक–युवती मृत भेटिए

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

काठमाडौंको बौद्धमा आज (शुक्रबार) बिहान युवक र युवती एकसाथ मृत भेटिएका छन्।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिरनजिकै सँगै बस्ने गरेका युवक र युवती मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ की २२ वर्षीया युसुना राईको शव भेटिएका हुन्।
दुवैलाई धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीको अनुमान छ। दुवै जनाको शरीरमा चोट छन्।

उनीहरू सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको बुझिएको एसएसपी गिरीले बताए। पाेस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएकाे छ।