नारायणहिटी हडप्ने बतासले आफूलाई उडाएको भन्दै आरजूले यसरी फोरिन् मुख

  • प्रकाशित मिति : २०७८ पुष २२, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नारायणहिटी परिसरसभित्र रेस्टुरेन्ट निर्माण प्रकरणमा बतास समूहसँग नाम जोडिएको प्रति
आपत्ति जनाएकी छिन्। उनले नारायणहिटी परिसरभित्र विवादित रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहसँग आफ्नो संलग्नता नरहेको बताएकी हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत विवादित रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहसँग आफ्नो संलग्नताबारे विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारबारे ध्यानाकर्षण भएको बताएकी छिन्।

‘सञ्चारमाध्यमहरूमा विभिन्न संघ संस्थाहरूमा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ आफू संलग्न संस्था उद्धृत गर्दै उनले भनेकी छिन्,‘तल उल्लेखित संस्थाहरूबाहेक अरू कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।’

राणाले आफू संलग्न रहेको ६ वटा संस्थाबारे पनि प्रष्ट पारेकी छिन्। बतास समुहले आफ्नो वेब साईटमा आरजुलाई सल्लाहकार भनेर तस्बिर समेत राखेको थियो। उसले फेरी त्यहा बाट आरजुको नाम र फोटो हटाएको छ।