लोक सेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको राजीनामा मागेका छन् । उनीहरुले रेग्मी मूर्दावाद भन्दै चर्को बिरोध गरेका छन्। रेग्मीकै कारण आफूहरुको भबिष्य अन्योलमा परेको ठहर गर्दै वारपार गर्न आन्दोलन गरिएको एकले बताए।
नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा आज पनि स्थगित गरेसँगै परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् । यसअघि पनि अदालतले स्थगन गरेको थियो । माग सम्बोधन नगरे अध्यक्षको पुत्ला जलाउने लगायतका आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने उनीहरुले चेतावनी समेत दिएका छन्। अध्यक्ष रेग्मीका सहोदर भाई कुमार रेग्मी सर्वोच्च अदालतका बहालवाला न्यायाधिश हुन्।