देउवा सहभागी हुने भारतको कार्यक्रम रोकियो, अब भारत जान्छन् कि जाँदैनन् ?

  • प्रकाशित मिति : २०७८ पुष २२, बिहीबार
  • chhanbin.com

भारतको गुजरातमा यही जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ। भारतमा बढेको ओमिक्रोन भेरिएन्टका कारण समिट स्थगित भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने भनिएको उक्त सम्मेलन स्थगित भएपछि देउवाको भारत भ्रमण पनि अनिश्चित भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्।
भारतमा अहिले संक्रमणदर ६.४३ पुगेको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ।