गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।बैंक सञ्चालक समितिको पुस २१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।गरिमाले गत वर्ष सहारा विकास बैंकलाई प्राप्ति गरेकाले कर छुट पाउने हुँदा नगद लाभांश भने छुट्याएको छैन ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको पुस २१ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ०.२५ प्रतिशत बढी हो । सो आवमा इन्स्योरेन्सले ६.७५ प्रतिशत लाभांश दिएको थियो । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।