नेकपा माओवादी केन्द्र पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गरेका लामासहितका माओवादी नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको धन्यवाद दिएका थिए । ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ,’ ओलीले भने ।
पूर्वसांसद लामासहित माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका छन् ।