गुप्तचरको चाबी देउवा सरकारले खरेललाई दियो, को हुन् खरेल ?

  • प्रकाशित मिति : २०७८ पुष २१, बुधबार
  • chhanbin.com

देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधवार सांझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको हो । बैठकले फाजिलमा रहेका एआईजी यादवप्रसाद रेग्मीको दरबन्दी कायम गर्ने निर्णय समेत गरेको छ । उनको प्रशासन महाशाखामा दरबन्दी कायम भएको छ । रेग्मी आगामी वैशाखमा अवकास पाउंदैछन् ।

खरेल हालका अधिकारीका ब्याचमेट समेत हुन । खरेलसंग फिल्डमा बसेको खासै अनुभव छैन । उनि एसएसपी हुंदा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत थिए । खरेलसंग बढिजस्तो समय मुख्यालयमै बसेर काम गरेको अनुभव छ । खरेलले चीनबाट ९ महिनाको उच्च तहको कोर्स गरेका छन् ।