सरकारले वरिष्ठ सहसचिव कृष्ण बहादुर राउतलाई सचिव(विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । बुधवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका राउतलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार(हिजो) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय राउतसहित रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको थियो ।
राउत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हुन् ।