शेखर कोइरालाले पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी किन दिए ?

  • प्रकाशित मिति : २०७८ पुष २१, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिको चाहनाअनुसार व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले यस्तो चेतावनी दिएका हुन्।

‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ,’ कोइरालाले नेताहरूसँग भने, ‘विधिविधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने? मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौँ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ।’

आफूहरूका सामु थुप्रै चुनौती भएको उनको भनाइ छ। ‘हाम्रा अघिका बाटा सहज छैनन्। तीन तहको निर्वाचन हाम्रो सामु छ। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसामु जानेछौँ,’ उनले आग्रह गरेका छन्।