शिक्षक सेवा आयोग गर्नेले नजानी नहुने यस्तो छ शैक्षिक इतिहासको नालीबेली

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

नेपालको शैक्षिक इतिहास

– प्राचिन कालमा वैदिक शिक्षा ऋषिकूल , पितृकूल, देवकूल र गुरुकुल प्रणालीमा आधारित थियो ।
– मानव जीवनको सय वर्षलाई चार भागमा विभाजन गरी पहिलो २५ वर्षलाई शिक्षा आर्जनको उमेर मानिएको –ब्रम्हचार्याश्रम, गृहस्थाश्रम, वानाप्राथस्श्रम र सन्याश्रम ) ।
– प्राचिन वैदिक कालमा महिला शिक्षा समेत प्रचलनमा रहेको पाईन्छ । शिक्षा आर्जन गरी गृहस्थ जीवन विताउनेलाई शद्योबधु र शन्यास लिनेलाई ब्रम्हबादिनी भनिन्थ्यो ।
– त्यस वेला वौद्ध शिक्षाको पनि राम्रो विकास भएको थियो ।
– वौद्ध शिक्षामा लिंग र वर्ण भेद थिएन ।
– गुम्बामा पढाउने कलेजी रंगको बस्त्र लगाउनेलाई संगापा भनिन्थ्यो जसले तपस्याबाट शङ्काप (सन्तान नहुने शक्ति) पाएका हुन्थे भने पहेंला रङको बस्त्र लगाउनेलाई गेरुङ भनिन्थ्यो जो विवाह नगरी गृहस्थ त्याग्दथे ।
– पण्डित कनकश्रीले लिच्छवीकालमा विव्रमशिला विश्वविद्यालयबाट पण्डित स्थान प्राप्त गरेका थिए ।
– लिक्ष्वीकालमा शिक्षाको माध्यम संस्कृत थियो ।
– राजा अंशुवर्माले ध्वनिशास्त्रको निर्माण गरेका थिए । उनको पालामा शिक्षा वौद्ध, शैव र वैश्णव सम्प्रदायमा विभाजित थियो ।
– वि.स. १७१९ मा ईसाइ धर्म प्रचारक डोरवील राजा प्रताप मल्लको पालामा नेपाल प्रवेश गरी ईसाइ धर्म प्रचार गरेको थाहा पाएपछि डोरवीललाई नेपालबाट लखेटी शिक्षालाई धर्मबाट टाढा राखेका थिए ।
– मरहट प्रथा (छात्रवृत्ति दिएर पढ्ने) पृथ्वीनारायण शाहको पालामा चलेको थियो । उनले युद्धमा मारिएका सैनिकका छोराछोरीलाई पढ्न पठाउदथे । बुद्धिमान सिंह रु २० मासिक लिएर फारसी पढ्न र वैयाकरण केशरी मासिक रु ५० लिएर संस्कृतपढ्न भारत गएका थिए ।
 वैदिक कालमा अष्टकलशले स्नान गरेर दीक्षान्त समारोह मनाउने चलन थियो ।
– सनावर्तन पछि विद्याथीहरु गुरुहरुलाई श्रद्धापूर्वक द्रव्य, अन्नादी, गुरु भेटी दिएर गुरुलाई ढोगी आशिर्वाद सहित गृहस्थाश्रममा प्रवेश गर्दथे तर आश्रममा बसुन्जेल सवै व्यवस्था गुरुहरुले नै गर्दथे । अर्थात् शिक्षा निःशुल्क थियो ।
राणाकाल पहिले निम्न कृतिहरुको रचना भएको पाइन्छ ।
– भक्त विजय र पृथ्वीन्द्र वर्णोदय काव्य—ललित बल्लब
– निकशोपल कविता—लक्ष्मी कवि
– विजय तिलक—अग्निधर पण्डित
– जय रत्नाकर र पुरस्चरण दिपिका — शक्ति बल्लभ अज्र्याल
– प्रशस्तिरतन—रामचन्द्र उपाध्याय
– हरगौरी विवाह, कुन्जविहारी नाटक, संगितसार संग्रह र संगित चन्द्र रचना— जगतजयोति मल्ल

पूर्व प्रजातान्त्रिक काल

वि.सं. २००७ सालमा नेपालमा १०४ वर्षसम्मको राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भयो । त्यसैले प्राचीन समयदेखि लिएर वि.सं. २००७ सालसम्मको समयावधिलाई नै पूर्व प्रजातान्त्रिक काल भनिन्छ । प्राचीन समयदेखि २००७ सालसम्म भएको शिक्षा विकासलाई पूर्व प्रजातान्त्रिक कालमा भएको शिक्षा विकास भनिन्छ । यस कालमा भएको शिक्षा विकासलाई निम्नानुसार वर्र्गीकरण गरिएको छ ः
(क) स्वदेशी शिक्षा (Indigenous Education): प्राचिन काल देखि १८२५ सम्मको शिक्षा
(ख) शिक्षाको उपेक्षा (Negligence of Education): १८२५ देखि १९०३ सम्मको शिक्षा
(ग) शिक्षाको विरोध (Opposition of Education) : स् १९०३ देखि २००७ सम्मको शिक्षा