नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरुलाई छलफलमा बोलाएको भन्ने समाचारमा सत्यता नरहेको बुझिएको छ । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुसंग मंगलबार दिउँसो ३ बजेदेखि बत्तिसपुतली अनुपम फुड्ल्याण्डमा जारी रहेको समाचार सनसनी भएपछी कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले कुनै भेला नभएको बताएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्- डा शेखर कोइरालाले आज मंगलबार अहिले दिउँसो आफु निकट नेताहरूको बैठक बोलाउँनुभएको भन्ने समाचार सत्य होइन।