३९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमित निको हुँदा तीन जनाको ज्यान गयो

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

नेपालमा कोरोनाको सक्रिय संक्रमित दर बढेको छ। मंगलबार ३९३ संक्रमित देखिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ। यसअघि सक्रिय संक्रमितको संख्या ५ हजार मुनि पुगे पनि मंगलबार ५ हजार ९४ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभरि ९ हजार ३२९ जनाको परीक्षण गर्दा पीसीआरबाट ३५५ र एन्टिजेनबाट ३८ जनामा संक्रमण देखिएको थियो। त्यस्तै थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ।