देउवा संग कसरी सिंगौरी खेल्ने भन्ने निर्णय गर्न शेखरले डाके बैठक, अब वारपार गर्ने

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिए । अहिले नेताहरु कोइरालालाई भेट्न पुग्ने क्रममा छन्।

१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् । देउवाले एक्का पारेर पेलेपछि कसरी सामना गर्ने भन्ने निर्णय गर्न भेला बोलाएका हुन्।