कहिले बाट कर्मचारीको सरुवा-बढुवा चक्रिय प्रणालीमा हुन्छ ? कुन स्तरमा कसरी हुँदैछ तयारी ?

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुने गरी सरकारले तयारी गरिरहेको बताए संगै सरकारले सोहि बमोजिम काम गर्न सचिव स्तरमा भित्र भित्रै काम शुरु भएको छ ।

शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौं विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रिय प्रणाली लागूगर्न छलफल भइरहेको बताएका थिए । निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनु पर्ने भन्दै जथाभावि मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने देउवा सरकारले मान्यता बनाए संगै चक्रिय प्रणाली केही महिना बाटै सुरु हुने बुझिएको छ ।

सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रिय प्रणालीको रुपमा बिस्तार गर्न छलफल भइरहेको बुझिएको छ । सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफै यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरालाई मुख्य बिन्दु बनाएर छलफल भइरहेको बुझिएको छ ।