बिपीले सबैभन्दा बढी माया गरेको मधेसबाट उम्मेदवार खोइ ? भन्दै गुरुले देउवालाई दिए डोज

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट मधेसको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन्।

कांग्रेसलाई सबैभन्दा बढी भोट दिने मधेसबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार नबनाइएको प्रति उनले आपत्ति जनाएका हुन्। नवनिर्वाचित सभापति शेरबहादुर देउवाले मधेसलाई बिर्सिएको आरोप लगाउँदै घिमिरेले अब स्थानीय चुनाव कसरी लड्ने भनेर प्रश्न गरेका छन्।

‘कांग्रेसमा मधेस खोइ? राष्ट्रियसभामा उम्मेदवार बन्नुहुने सबै नेताहरू आदरणीय हुनुहुन्छ। सबैलाई विजयको शुभकामना छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘हाम्रा नवनिर्वाचित सभापतिले आफूलाई सबैभन्दा बढी भोट दिने मधेसलाई बिर्सनु भएको छ। बिपीले सबैभन्दा बढी माया गरेको मधेसबाट उम्मेदवार खोइ ? अब स्थानीय चुनाव लड्न कसरी?’