राष्ट्रिय सभामा जितको घोषणा मात्र गर्न बाँकी सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धन कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।