माओवादी केन्द्रको अध्यक्षमा फेरि निर्विरोध चयन भएका पुष्पकमल दाहाललाई अमेरिकाले बधाई दिएको छ । प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा अमेरिकाको उछितो काड्दै भारत प्रति भक्तिभाव दर्शाएका थिए। तर बधाई दिने सवालमा प्रचण्डले देखेको दुश्मन अमेरिका एक कदम अगाडी देखिएको छ।
सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर माओवादी केन्द्र पार्टीभित्र विरोध भइरहेका छन् । माओवादी केन्द्रले ऊर्जा र सडक पूर्वाधार निर्माणमा आएको ५०० मिलियन अमेरिकी डलर अनुदानलाई बिनासंशोधन अघि बढाउन हुन्न भन्दै आइरहेको छ । दाहाल सोमबार फेरि अध्यक्षमा चयन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत बधाई दिएको हो ।
‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: निर्वाचित भएकोमा पुष्पकमल दाहाललाई बधाई छ । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ,’ ट्विटर ह्यान्डल ‘यूएसएम्बेसी–नेपाल’मा भनिएको छ ।