नेकपा एमालेले राष्ट्रियसभाको १९ सिटका लागि हुनलागेको निर्वाचनमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले सबै १९ सिटका लागि उम्मेदवारी दिने निर्णय लिएको हो ।
१२ माघमा हुने निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने भएको छ । उसले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । यसकारण पनि एमालेले विगतमा जितेको ८ सिटमध्ये केही सिट गुमाउने देखिएको छ । प्रदेश १ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाटै २ उम्मेदवार छन् । देवराज घिमिरे र सुमित्रा भण्डारी दुवै झापाका हुन् ।
राष्ट्रियसभामा एमाले उम्मेदवारहरु
प्रदेश १
देवराज घिमिरे
सुमित्रा भण्डारी
सोनाम ग्याल्जेन शेर्पा
प्रदेश २
असर्फी भिनवार यादव
विना साह
बागमती प्रदेश
गोपाल शाक्य
निरकुमारी कुँवर
गण्डकी प्रदेश
गोविन्दबहादुर नेपाली
लीला पोखरेल थनेत
पुण्यप्रसाद पौडेल
लुम्बिनी प्रदेश
कृष्णबहादुर सुनार
भारतीय खनाल
रामदयाल गुप्ता
कर्णाली प्रदेश
पदमबहादुर माझी
जमुना थापा
चूडामणि शर्मा
सुदूरपश्चिम प्रदेश
नरेश विक
सन्तोषकुमारी शर्मा
डिल्लीराज भट्ट