देश र जनताको आवश्यकताले आफू फेरि अध्यक्षमा निर्वाचित भएको प्रचण्डले आफै गरे ठहर

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकताले आफू फेरि अध्यक्षमा निर्वाचित भएको बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले भने, ‘म फेरि राष्ट्र र जनताप्रति आभारी भएको छु। राष्ट्र र जनताप्रति सेवा गर्ने फेरि ठूलो अवसर आएको छ।’

उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकता हेर्दा केही समय सक्रिय रहेर दुःख गर्नुपर्छ भन्ने महसुस भएको बताए।