रोएका रामचन्द्र केन्द्रीय सदस्यमा मनोनित हुँदै बैठकमा भाग लिन सानेपा हाँसी-हाँसी पुगे

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा ३ बजे सुरु भएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक भर्खरै सुरु भएको जानकारी दिए। बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्ने जनाइएको छ। १४ औं महाधिवेशनपछि कार्यगत हिसावले आज पहिलो बैठक बस्‍न लागेको हो।

यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजय गच्छेदारसहित महाधिवेशनमा छुटेका तथा केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित नेताहरू समेत बैठकमा सहभागी भएका छन्।

देउवाले पौडेल र सिटौला, गच्छेदारसहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। २० जना मनाेनित गर्न बाँकी छन्।