प्रहरी जवान बाट हवल्दारमा बढुवाका लागि सिफारिस गरिएका यी हुन् ७०२ प्रहरी

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितीको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य- सचिव एवम् प्रहरी नायव निरीक्षक तपेन्द्र विष्टले जानकारी दिए।

प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार नै नेपाल प्रहरीका ८७४ जना प्रहरी नायव निरीक्षकको सरुवा गरिएको छ।

प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका जवानको लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।