नेप्सेमा सूचीकृत यी दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १९ गते) अन्तिम दिन रहेको छ । रिलायन्स फाइनान्स र सिभिल बैंकले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस २० गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा अमरपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा हुनेछ ।

त्यसैगरी, रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको १५ प्रतिशत बोनश सेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, काठमाडौंमा हुनेछ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।