सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ। अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासंघले जनाएको छ।

चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।