आजको विदेशीको मुद्राको विनिमय दर यस्तो छ

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५३ पैसा र बिक्री दर १६१ रुपैयाँ ३४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०३ पैसा र बिक्री दर १३० रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १४ पैसा र बिक्री दर ८६ रुपैयाँ ५८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६०पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम भएको छ। यस्तै भरतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रहेको छ।