मलमा घुस खान बल गरेको आरोप लागेका १२ भाई विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको छ ।