पछिल्लो २४ घण्टामा २१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार ९६२ जनामा पीसीआर परीक्षण गरिएकोमा २१३ जनामा र १ हजार ६६९ जनामा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २०९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ जना रहेको र हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ । यसैगरी देशमा हालसम्म ४ हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।