देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक, अब २० केन्द्रीय सदस्य कहिले थप्छन् ?

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनयनसँगै कांग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ । विधानमा कांग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ ।