सेयर बजार चम्किदा आज मूल्य बढेका यी हुन् १५ कम्पनी

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

सेयर बजारमा उछाल आएको छ । गतसाता तीव्र उतरचढाव देखिएको नेप्से यससाता पहिलोे कारोबार दिनमै उच्च अंकले बढेको हो । सूचकमा उछाल आएसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आइतबार सेयर बजार मापक सूचक नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । आज २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ । त्स्तै, विकास बैंक र निर्जीवन बीमा समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार भएका २४० कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४५ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक २९ करोड र शिवम् सिमेन्ट २३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी र मध्यभोटेकोशी जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सूर्यलाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्प्नीको प्रमोटर सेयरधनीले ९ प्रतिशत कमाएका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्टको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ भने सिभिल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, ज्योति लाइफ, लुम्बिनी विकास बैंक, नेशनल माइक्रोफाइनान्स र इभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ६ प्रतिशतभन्द्या धेरैले बढेको छ ।

बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.१२ प्रतिशत गुमाएका छन् ।