किस्ताबन्दीमा केन्द्रीय सदस्य नियुक्त गर्दै देउवा, आफुसंगै भिडेका सहितका पराजितलाई दिए उपहार

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। उनले आज आइतबार केन्द्रीय सदस्यमा पराजित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, सभापतिमा प्रतिष्पर्धा गरेका कल्याण कुमार गुरुङ र युवा नेता प्रदीप पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम शाही, गुरुङ र पौडेललाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

१४ औँ महाधिवेशनमा मुख्यमन्त्री शाही सहमहामन्त्रीमा र युवा नेता पौडेल सभापति देउवाको समूहबाट महामन्त्रीको उम्मेदवार थिए। देउवाले शनिबार रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका थिए।