यस्तो छ माओवादीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार शनिबार साँझ ८ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ।

यस्तै, आज नै राति १०ः३५ मा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सूची प्रकाशन गरिनेछ। आइतबार साढे ११ बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

आइतबार बिहान साढे ८ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ।

बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ। आइतबार बिहान ११ः१५ बजे उम्मेदावरको अन्तिम नामावली प्रकाशन हुने र साढे ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने जानकारी दिइएको छ।