कार्की र न्यौपानेलाई मतलब नगरी प्रचण्डले दिए जवाफ, प्रतिवेदन सर्वसम्मतिले पारित

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्र हलबाट प्रतिवेदन पारित भएको हो ।

प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज दुई घण्टा लगाएर जवाफ दिएका थिए । उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाए । राम कार्कीको पुरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने प्रचण्डले कुनै जवाफ दिएनन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो ।