ओलीलाई प्रचण्डले चक्मा दिने, चुच्चे नक्सा पारित गरेको स्वामित्व ओलीबाट खोसेर आफैं लिने

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक, लिम्पियाधुरा कालापानी लगायतका भूमि फिर्ता ल्याउने विषय दस्तावेजमा समेट्ने बताएका छन् ।

आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘तपाईले उठाएको यो विषय दस्तावेजमा समेटिनेछ।’

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । मंगलबार समूहगत छलफल सकिएपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर माओवादीले लिनेगरी दस्तावेजमा प्रष्ट उल्लेख गर्नुपर्ने माग गरेका थिए ।

उनले पार्टी सही बाटोमा फर्किएको बताएका छन् । प्रचण्डले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’

प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे ।

पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।