नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिन सुरु गरेका छन्। स्थायी समितिको बैठकमा छलफल भएलगत्तै अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु गरेका हुन्।
अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ। बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो।
विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। त्यो केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था माओवादी विधानमा छ।