गृहमन्त्री खाँणले एमसीसी संसदबाट पारित गर्ने सुनाए यस्तो तरिका

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् ।

एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै उनले त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए । उनले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानका रूपमा आएको रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको बताए ।

गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरूको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताए ।